Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

 फरार कैदीहरु अविलम्ब सम्पर्कमा आउनुस् : नक्खु कारागार प्रशासन

 फरार कैदीहरु अविलम्ब सम्पर्कमा आउनुस् : नक्खु कारागार प्रशासन

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौं । ललितपुरकोनक्खु  कारागार प्रशासनले नख्खुले कारागार तोडेर भागेका सबै कैदीबन्दीहरूलाई सम्पर्कमा आइ कारागारमा फर्किन आग्रह गरेको छ।

कारागार प्रशासन नक्खुले आज सूचना जारी गर्दै तत्काल फर्किन आग्रह गरेको हो।

सूचनामा भनिएको छ-'भदौ २४ गते नक्खु कारागार परिसरबाट फरार भएका सम्पूर्ण बन्दीहरू (थुनुवा र कैदी) लाई कारागार प्रशासनको आधिकारिक सम्पर्कमा अविलम्ब उपस्थित भई प्रचलित कानूनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न यसै सार्वजनिक अपिलमार्फत हार्दिक अनुरोध गर्दछौं।

प्रशासनले फरार अवस्थाको निरन्तरता रहँदा कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन गरिने मात्र नभई भविष्यमा प्राप्त हुन सक्ने कानूनी अधिकार, सुविधा तथा सामाजिक पुनःस्थापना प्रक्रियामा समेत गम्भीर प्रतिकूल असर पर्न सक्ने भएकाले यस सम्बन्धमा सम्पूर्ण फरार कैदीबन्दीहरूलाई सचेत र सजग रहन पनि आग्रह गरेको छ।

अतः विधि, कानून र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरून्तै यस कारागार प्रशासनसँग सम्पर्क स्थापना गरी आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सक्रिय सहयोग पुऱ्याउन सम्पूर्ण फरार कैदीबन्दीहरूलाई यसै सूचना मार्फत औपचारिक रूपमा अपिल गरिन्छ । '

जेनजी आन्दोलन हिंसात्मक बन्दै गएपछि रास्वपा सभापति रवि लामिछानेसहितका कैदीबन्दीहरु नक्खु जेलबाट बाहिरिएका थिए ।

लामिछानेले आफूलाई कारागार प्रशासनले प्रक्रिया पूरा गरेर छाडेको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077