Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जेनजी आन्दोलनमा आगजनीसहित लुटपाट गर्नेको तस्बिर र भिडिओ पठाउन प्रहरीको अनुरोध

जेनजी आन्दोलनमा आगजनीसहित लुटपाट गर्नेको तस्बिर र भिडिओ पठाउन प्रहरीको अनुरोध

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाहरू सम्बन्धी तस्बिर, भिडिओ र सामाजिक सञ्जालका लिंकहरू पठाइदिन सर्वसाधारणसँग आग्रह गरेको छ । प्रहरीले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो।

“यहि भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट तथा आमसर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका घटनासँग सम्बन्धित तस्बिर, भिडिओ र सामाजिक सञ्जालका लिंकहरू तपाईंसँग भएमा कृपया प्रहरीलाई पठाई सहयोग गर्नुहोस्।”

[email protected] मा तस्बिर र भिडिओ पठाउन सकिनेछ । सूचनामा प्रहरीले पठाउने व्यक्तिको गोपनीयता कायम रहने स्पष्ट उल्लेख गरेको छ।

उक्त आन्दोलन हिंसात्मक बन्दै जाँदा सिंहदरबार, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सर्वोच्च अदालत, सरकारी तथा पार्टी कार्यालय, व्यक्तिगत घर र व्यवसायिक प्रतिष्ठानहरूमा आगजनी गरी ठूलो क्षति पु¥याइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077