Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

जेलबाट फरार गोरे फर्किए, रविसहितका कैदी अझै सम्पर्कविहीन

जेलबाट फरार गोरे फर्किए, रविसहितका कैदी अझै सम्पर्कविहीन

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौं । जेनजी आन्दोलनको दौरान मंगलबार सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका चुडामणि उप्रेती ‘गोरे’ शुक्रबार पुनः कारागार फर्किएका छन् ।

गोरे लामो समयदेखि सुन तस्करी प्रकरणमा संलग्न भई कैद भोगिरहेका थिए । आन्दोलनको अराजक अवस्थामै उनी अन्य कैदीसहित कारागारबाट निस्केका थिए ।

गृह प्रशासनले फरार कैदीबन्दीहरूलाई तुरुन्त कारागार फर्कन निर्देशन जारी गर्दै नफर्किए कानुनअनुसार कडा कारबाही गर्ने चेतावनी दिएको थियो। सोही निर्देशनपछि गोरे फरार भएको तेस्रो दिन सुन्धारास्थित केन्द्रीय कारागार आएका हुन्।

तर, उनीसँगै भागेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी र पूर्वगृहसचिव टेक नारायण पाण्डे भने अझै सम्पर्कविहीन छन् ।

उता नख्खु कारागारबाट रास्वपाका सभापति रवि लामिछाने समेत बाहिरिएका थिए । उनलाई पनि प्रहरी सम्पर्कमा आउन आग्रह गरिएको छ ।

तर उनी अहिलेसम्म कारागार फर्किएका छैनन् । अन्य फरार कैदीहरूको खोजी तीव्र पारिएको र आवश्यक कारबाही अघि बढाइने कारागार प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077