Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बहुमूल्य वस्तु र हातहतियार खरिद तथा बिक्री नगर्न सिआइबीको अनुरोध

बहुमूल्य वस्तु र हातहतियार खरिद तथा बिक्री नगर्न सिआइबीको अनुरोध

शनिवार , भाद्र २८, २०८२

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ऐतिहासिक दस्तावेज, कागजपत्र, बहुमूल्य वस्तु, हातहतियार खरिद तथा बिक्री नगर्न अनुरोध गरेको छ ।

सिआइबीले शुक्रबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा सरकारी तथा निजी भवन, बैंक वित्तीय संस्थालगायतका संरचनाहरूमा आगजनी र तोडफोड गर्नु पूर्व त्यस्ता भवनहरूमा रहेका ऐतिहासिक दस्तावेज, कागजपत्र, बहुमूल्य वस्तु, हातहतियार र अन्य महत्त्वपूर्ण जिन्सी तथा नगद सामानहरू लुटपाट गरी बजारमा बिक्री वितरण गरिरहेको सूचना प्राप्त भएकाले सो सम्बन्धमा ब्यूरो एवं अन्य प्रहरी कार्यालयहरूबाट अनुसन्धान भइरहेको जनाएको छ।

यसैगरी सो सम्बन्धमा कुनै जानकारी प्राप्त भएमा नजिकको सुरक्षा निकायमा सूचना दिन हुन र त्यस्ता सामानहरू प्राप्त भएमा नजिकको सुरक्षा निकायमा बुझाउन समेत अनुरोध गरिएको छ।

यस्ता चोरी तथा लुटपाट भएका सामानहरूको खरिद बिक्री तथा सञ्चय गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने समेत ब्यूरोद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077