Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

भिडियो खिचेपछि बैंक लुटेराले फालेको ५ लाख पैसा प्रहरीलाई फिर्ता

भिडियो खिचेपछि बैंक लुटेराले फालेको ५ लाख पैसा प्रहरीलाई फिर्ता

आइतवार , भाद्र २९, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकबाट लुटिएको पाँच लाख रुपैयाँ फिर्ता गरिएको छ। भक्तपुर घर भएर ललितपुरको बंगलामुखी बस्दै आएका सुरेश देउलाले जिल्ला प्रहरी परिसर ललितपुरमा गएर रकम बुझाएका हुन् ।

देउलाका अनुसार २४ गते लुटेराको समूह बैंकभित्र प्रवेश गरेर पैसा लुटेर फर्किंदै थिए। सोही बेला देउलाले बैंकबाट पैसा लुटेर बाहिरिनेहरूको भिडिओ बनाउँदै थिए। सोही बेला उनले लुटेरलाई भिडिओ बनाउँदै बैंक लुट्न पाइन्छ ? भनेपछि एकजनाले पैसाको बिटो फालिदिएका थिए।

आन्दोलनका क्रममा बैंकको नयाँ बानेश्वर शाखाबाट लुटेराहरूले लुटेको पाँच लाख रुपैयाँ देउलाले आज जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएको ललितपुरका प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

वाणिज्य बैंक लुटपाटमा संलग्न ५ जनालाई सेनाले पक्राउ गरेर अनुसन्धानको लागि प्रहरीको जिम्मा लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077