Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो, तर नेपालमा राखियो यथावत्

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो, तर नेपालमा राखियो यथावत्

सोमवार , भाद्र ३०, २०८२

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय गरेको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मूल्य बढेर आएको भए पनि निगमले मूल्यलाई यथावत् राखेको हो ।

आसन्न चाडपर्व र मुलुकको हालको विशेष परिस्थितिलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट सोमबार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ २९ पैसा र डिजेल तीन रुपैयाँ ४६ पैसा बढेर आएको थियो ।

'इन्डियन आयल कर्पोरेसनबाट सोमबार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ २९ पैसा र डिजेल तीन रुपैयाँ ४६ पैसा बढेर आएको छ । आसन्न चाडपर्वको अवसर र मुलुकको हालको विशेष परिस्थितिलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य यथावत् राखिएको छ,' निगमले भनेको छ ।

निगमका अनुसार, हाल पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, डिजेल तथा मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १४२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको प्रतिलिटर १४४ रुपैयाँ र तेस्रो वर्गको १४५ रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077