Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

यस्तो छ प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्णपाठ

यस्तो छ प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्णपाठ

बिहिवार , आश्विन ९, २०८२

काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गरेकी छन् । बिहीबार साँझ सिंहदरबारबाट प्रधानमन्त्री कार्कीले सरकार गठनपछि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित रूपमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित रूपमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताइन् ।

उनले विदेशमा रहेका नेपाली मतदातालाई मतदान गराउने उपायको समेत खोजी गरिरहेको जानकारी दिए । उनले उत्साहका साथ निर्वाचनमा भाग लिई युवापुस्ताको मागबमोजिम योग्य व्यक्तिलाई निर्वाचित गराउन सबैलाई आग्रह गरिन् ।

प्रधानमन्त्री कार्कीले नेपालको मौजुदा शासकीय स्वरूप (प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री–राष्ट्रपति सहितको व्यवस्था) को पुनर्संरचना वर्तमान सरकारको कार्यक्षेत्र भन्दा बाहिर रहेको बताएकी छन्।

प्रधानमन्त्री कार्कीले निर्वाचनबाट मात्रै संविधान संशोधन गर्न सकिने बताइन् । आन्दोलनमा क्रममा उठाइएका कतिपय विषयहरू सरकारको भन्दा बाहिर भएकाले निर्वाचनमा सहभागी भएर संवैधानिक तरिकाले संशोधन गर्न उनले आह्वान गरिन् ।

प्रधानमन्त्री कार्कीले वर्तमान शासकीय स्वरूप फेर्न संविधान संशोधन आवश्यक पर्ने भएकाले आगामी निर्वाचनपछि बन्ने सरकारले मात्रै उक्त काम पूरा गर्न सक्ने बताएकी हुन्।

उनले भनिन्–‘शासकीय प्रणालीको संशोधन विषय वर्तमान सरकारको कार्यक्षेत्र भन्दा बाहिर भएकालेले संवैधानिक प्रक्रियाबाटै संविधान संशोधनको गर्न आह्वान गर्दछु ।’

जेन–जी आन्दोलनपछि बनेका सरकारले प्रदेशको संरचनामाथि पुनर्विचार गर्नुपर्ने आवाज उठिरहेका बेला प्रधानमन्त्री कार्कीले चुनावमार्फत नै त्यसको सम्बोधन गर्न भनेकी हुन्।

त्यस्तै उनले जेनजी आन्दोलनका क्रममा अनाहकमा ज्यान गुमाएका घटनामा दोषी उपर सख्त कारबाही गर्ने प्रतिबद्धता जनाएकी छन्।

यस्तो छ पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077