काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि नियोजित प्रहार भइरहेको आरोप लगाएका छन् ।
बिहीबार प्रेस चौतारी नेपालका केन्द्रीय पदाधिकारीहरूसँगको छलफलमा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । उनले आफूविरुद्ध आक्रामक अभियान चलाइएकामा प्रश्न उठाए ।
'अहिले ममाथि प्रहारको निशाना केन्द्रित गरिएको छ। म सोध्न चाहन्छु, मेरो अपराध के हो त ? भ्रष्टाचार नगर्नु अपराध हो र ? मैले गरेको छैन, गर्दिनँ,' ओलीले भने ।
उनले देशमा देखिएको उत्तेजनात्मक, अराजनीतिक र प्रतिशोधपूर्ण गतिविधिले सामाजिक शान्ति र सद्भावलाई चुनौती दिएको भन्दै चिन्ता व्यक्त गरे ।