Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै

माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै

शुक्रवार , आश्विन १०, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार कमलादीस्थित प्रज्ञा भवनमा बिहीबारबाट सुरु बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले पेस गरेको प्रस्तावमाथि समूहगत रूपमा छलफल भइरहेको हो ।

बैठकमा विभिन्न १० वटा प्रदेश समितिमा छलफल भइरहेको छ । उनले भने, “बिहीबार प्रदेशगत छलफल भयो । शुक्रबार बिहान ११ बजे फेरि बैठक बस्नेछ । सम्भवतः शुक्रबार नै बैठक सकिन्छ होला ।”

पार्टी अध्यक्ष प्रचण्डको प्रस्तावमाथि वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र उपमहासचिव शर्माले असहमति जनाएका छन् ।

श्रेष्ठले निर्वाचनपछि महाधिवशेन गर्ने प्रस्ताव अघि सारेका छन् । शर्माले अध्यक्षसहित सबै पदाधिकारीले राजीनामा दिनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

प्रचण्डले भने मंसिर अन्तिम सातातिर महाधिवेशन गर्ने र पार्टी केन्द्रीय समिति भंग गरेर महाधिवेशन मूल आयोजक समिति गठन गर्ने प्रस्ताव गरेका छन् । उनले महाधिवशेन आयोजक समितिको संयोजक आफैँ बस्ने प्रस्तावमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077