Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पासपोर्ट रोक्का मात्रै होइन, नेताहरू पक्राउ पनि पर्न सक्छन् : गृहमन्त्री अर्याल

पासपोर्ट रोक्का मात्रै होइन, नेताहरू पक्राउ पनि पर्न सक्छन् : गृहमन्त्री अर्याल

शुक्रवार , आश्विन १०, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेताहरूको पासपोर्ट रोक्कामात्र नभई उनीहरूलाई पक्राउ नै गर्नुपर्ने हुनसक्ने बताएका छन्।

बिहीबार सिंहदरबारबाट बाहिरिने क्रममा पत्रकारहरूले सरकारले दलका मुख्य नेताहरूको पासपोर्ट रोक्काबारे गरेको प्रश्नको जबाफमा मन्त्री अर्यालले पासपोर्ट मात्रै नभई पक्राउ गरी बयान नै लिनुपर्ने हुनसक्ने बताएका हुन्।

उनले भने- 'कानुनमा यो सबै कुरा छ। अनुसन्धान गर्ने निकायले के-के रोक्का गर्नुपर्छ गर्छ। त्यतिमात्रै होइन पक्राउ पनि गर्नुपर्ने होला, जे आवश्यक पर्छ त्यो गर्छ ।'

मन्त्री अर्यालले जे आवश्यक पर्छ त्यही गर्ने गरि राज्यका अनुसन्धान निकाय सक्रिय भइसकेको पनि बताए।

उनले भने- 'पाँच वर्षको म्यान्डेट पाएको सरकार पनि बीचमै भंग भयो। सुशासनको मामिलामा खुट्टा टेकेन भने यो सरकारको पनि म्यान्डेटमा प्रश्न उठ्छ । त्यसकारण त्यसमा खुट्टा टेक्छ, राम्रैसँग टेक्छ। '

अर्यालले  भ्रष्टाचारको विरूद्ध र सुशासनको मामिलामा सरकारले राम्रैसँग पाईला चाल्ने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077