Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रास्वपाका केन्द्रीय सदस्य प्रभात अधिकारीले दिए राजीनामा

रास्वपाका केन्द्रीय सदस्य प्रभात अधिकारीले दिए राजीनामा

शुक्रवार , आश्विन १०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले पदबाट राजीनामा दिएका छन् । पार्टीका संस्थापक केन्द्रीय सदस्य अधिकारीले शुक्रबार राजीनामा दिएका हुन् ।

अधिकारीले राजीनामा दिएको रास्वपाका एक नेताले पुष्टि गरे ।

उनले भने- 'आज राजीनामा दिनुभएको छ । संस्थापक केन्द्रीय सदस्य हो उहाँ । पदप्रति आशक्ति नभएको व्यक्ति हुनहुन्छ । रास्वपामा लागेर समृद्धि र विकास गर्न सकिन्छ भनेर जोडिनुभएको थियो । पार्टीलाई केही आरोप नगरी राजीनामा गर्नुभएको छ ।'

पूर्व सहामहामन्त्री सुमना श्रेष्ठ र केन्द्रीय सदस्य हरि भट्टले यसअघि राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077