काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प नभएको बताएका छन् ।
पार्टी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै पार्टीभित्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्मा र सचिव राम कार्कीले फरक मत राखेपछि गजुरेल प्रचण्डको पक्षमा उभिएका हुन् ।
जेनजी आन्दोलनलाई विकृति र विसंगतिको विरुद्ध युवाहरूले गरेको स्वतःस्फूर्त विद्रोहका रूपमा व्याख्या गरेर गजुरेलले पार्टीले दृढतापूर्वक समर्थन गरेर जानुपर्ने तर्क गरेका छन् ।
उनले भने-'हामीले आन्दोलनमा पहिलो दिनदेखि नै ऐक्यबद्धता जनाउनुपर्ने थियो। पछि भए पनि हामीले दमन र नरसंहारको विरोध गर्यौं, ओलीको राजीनामा माग्यौं। त्यसकारण हामी फरक छौं, आन्दोलनकारी शक्ति हौं।'
गजुरेलले नेतृत्व परिवर्तनबारे उठेका आवाजबारे समेत आफ्नो धारणा राखे । उनले सडकबाट उठेको आवाजले सरकार परिवर्तन हुनेभएपनि पार्टीभित्रको नेतृत्व परिवर्तन नहुने बताए ।