काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारको महँगो र विलासी जीवनशैलीमाथि नेताहरूले प्रश्न उठाएका छन्।
अध्यक्ष प्रचण्डले ल्याएको विशेष महाधिवेशनको प्रस्तावबारे छलफल गर्न बसेको बैठकमा उनको परिवारको महँगो र विलासी जीवनशैलीमाथि नेताहरूले प्रश्न उठाएका हुन् ।
प्रचण्डको ६४ लाखको घडी र गंगाको २८ लाखको ब्यागबारे उठ्यो बैठकमा प्रश्न उठेको हो ।
केन्द्रीय सदस्य तथा सार्क इन्चार्ज लक्ष्मण पन्तले बैठकमा लिखित प्रस्ताव पेस गर्दै अध्यक्षले लगाउने ६४ लाखको रोलेक्स घडी र छोरीले बोक्ने २८ लाखको लुई भिटन ब्यागको वैधानिकता र स्रोतमाथि प्रश्न उठाएका हुन्।
पन्तले भनेका छन्- 'यदि मिडियामा आएको समाचार गलत हो भने तुरुन्तै सम्बन्धित मिडिया र नेपाली कांग्रेसका सांसद सुनिल शर्मा विरुद्धसमेत मानहानिको मुद्दा अध्यक्षका तर्फबाट दायर गरौँ।'
उनले थप भनेका छन्- 'ती सामान उपहारका रूपमा प्राप्त भएको हुन् भने बिक्री गरेर प्राप्त रकम 'घाइते योद्धाहरूको कोष' मा जम्मा गर्ने तथा प्रधानमन्त्रीका रूपमा उपहार प्राप्त भएको हो भने त्यो सरकारी खजानामा जम्मा गरौँ ।'
बैठकमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको मुद्दा चर्को रूपमा उठेको छ ।