Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पूर्वमन्त्रीहरूका सुविधा तत्काल रोक्न अर्थ मन्त्रालयले काट्यो पत्र

पूर्वमन्त्रीहरूका सुविधा तत्काल रोक्न अर्थ मन्त्रालयले काट्यो पत्र

शुक्रवार , आश्विन १०, २०८२

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले पूर्वपदाधिकारीहरूका राजनीतिक तथा प्रशासनिक सुविधा खोस्न गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरेका छन्।

भिआइपीका नाममा जथाभावी सुविधा उपभोग गर्दै आएका आएकाहरूलाई तत्काल सवारी साधन जिन्सी सामान सहयोग र सुरक्षाकर्मी फिर्ता गर्न तथा अन्य सेवा सुविधा स्थगन गर्न अर्थमन्त्रीले पत्र काटेका हुन् ।

यसअनुसार पूर्व राष्ट्रपति पूर्व उपराष्ट्रपति पूर्व प्रधानमन्त्री लगायत पूर्वपदाधिकारीहरूका सरकारी सेवा सुविधा रोक्का हुनेछन् ।

अर्थ मन्त्रालयको पत्र अनुसार भिआइपी को सवारी साधन र सुरक्षाकर्मी पनि फिर्ता गराइनेछन्।

प्रस्तावमा मन्त्रिपरिषदको असोज ५ गतेको बैठकले खर्च कटौतीको निर्णय गरेको थियो । पूर्व राष्ट्रपति पूर्व उपराष्ट्रपति पूर्व प्रधानमन्त्री लगायतका भिआइपीलाई सुविधा उपलब्ध गराउने सम्बन्धमा कानुनी व्यवस्था छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077