विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मोरङस्थित इलाका प्रहरी कार्यालय रानीमा कार्यरत प्रहरी निरीक्षक कविन राईलाई भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।
प्रदेश प्रहरीका अनुसार विभागीय मूल्य–मान्यता र आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ पदीय कर्तव्य निर्वाह गरेको कारण राईलाई सम्मान गरिएको हो ।
निरीक्षक राईको कमाण्डमा खटिएको प्रहरी टोलीले भदौ २८ गते विराटनगर–१५ मा बन्दाकोपी बोकेको बोलेरो (मे.१ च ५८२६) बाट २६२ किलो ५८० ग्राम गाँजा बरामद गरी संलग्न ३ जनालाई पक्राउ गरेको थियो ।
त्यसैगरी, विराटनगरका विभिन्न स्थानबाट चोरी भएका ११ थान ल्यापटप, मोटरसाइकल, अटो टेम्पो, स्कुटर, सिटी रिक्सासहित दर्जनौं इलेक्ट्रोनिक सामग्री फेला पारी धनीलाई बुझाउने कार्यमा समेत उनको टोली सफल भएको छ।
यसबाहेक, विराटनगर–१३ र १५ मा लागूऔषध नियन्त्रण ब्युरोसँगको समन्वयमा ३ सय ३७ ग्राम ब्राउनसुगरसहित ३ जनालाई पक्राउ गर्न क्ष्लकउभअतयच राई नेतृत्वको टोलीले महत्वपूर्ण सफलता हासिल गरेको प्रहरी स्रोतले जनाएको छ।
यिनै कारणले २०८२ साल भदौ महिनाको “सर्वोत्कृष्ट प्रहरी” उपाधि निरीक्षक कविन राईलाई प्रदान गरिएको हो।