Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इन्स्पेक्टर थापा कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित

इन्स्पेक्टर थापा कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित

बुधवार , माघ ७, २०८२

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी निरीक्षक प्रकाश थापालाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।

विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गरेको भन्दै कार्यालयले थापाको कार्यसम्पादनको उच्च मूल्याङ्कन गरेको हो ।

प्रहरी निरीक्षक थापाले २०८२ साल असोज २६ गते ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–४ चार्खुकी ५२ वर्षीया रत्नकुमारी कटवाल (कार्की) को हतियारधारी समूहद्वारा बन्चरो प्रहार गरी बीभत्स हत्या गरी नगद तथा सुनका गहनाहरू लुटपाट गरिएको घटनाको सफल अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

यसैगरी, २०८२ साल पुस १५ गते ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–६ मा किराना पसल सञ्चालक दम्पति ६० वर्षीया सोवितमान थापा मगर र ६० वर्षीया रत्नमाया थापा मगरको कोदालो तथा अन्य हतियार प्रयोग गरी गरिएको निर्मम हत्या तथा अन्दाजी १ लाख रुपैयाँ नगद र ८ तोला सुनका गहनासमेत लुटिएको घटनाको अनुसन्धानमा समेत उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

यी दुबै जघन्य अपराधका घटनामा संलग्न चार जना अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन सफल भएपछि आम नागरिकमा शान्ति सुरक्षा प्रतिको विश्वास र अनुभूति बलियो बनेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

थापाले शान्ति सुरक्षा कायम गर्न र अपराध अनुसन्धानमा देखाएको व्यावसायिकता, प्रतिबद्धता र साहसलाई कदर गर्दै उनलाई पुस महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको हो।

प्रदेश प्रहरी कार्यालयका अनुसार यस्ता पुरस्कारले प्रहरी कर्मचारीहरूमा थप उत्साह, जिम्मेवारीबोध र जनमुखी सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077