Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

मकवानपुरमा तीन रात सवारी आवागमन बन्द गर्ने निर्णय

मकवानपुरमा तीन रात सवारी आवागमन बन्द गर्ने निर्णय

बिहिवार , आश्विन १६, २०८२

काठमाडौं । मकवानपुर जिल्ला प्रशासन कार्यालयले तीन दिन रातिको समयमा सवारी साधन सञ्चालन रोक्ने निर्णय गरेको छ।

प्रशासनको निर्णयअनुसार हेटौंडा हुँदै ललितपुर निस्कने कान्तिलोकपथमा भोलि असोज १७ देखि २० गतेको बीचमा बेलुकी ४ बजेदेखि बिहान ६ बजेसम्म अर्थात् रातको समयमा सवारी आवागमन बन्द रहनेछ।

यस्तै, हेटौंडा–भैँसे–काठमाडौं सडक खण्डमा भने असोज १७ गतेदेखि २० गतेको बीचमा बेलुकी ५ बजेदेखि बिहान ६ बजेसम्म सवारी सञ्चालन रोक्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिइन् ।

मौसम विज्ञान विभागले असोज १५ गते जारी गरेको पूर्वानुमान सूचनामा उच्च वर्षा र पहिरोको सम्भावना रहेको चेतावनी दिएकाले सुरक्षाका लागि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077