काठमाडौं । सरकारले दुई विवादित सहसचिवलाई अतिरिक्त समूहमा राखेको छ।
जेनजी आन्दोलनमा दमन गर्न निर्देशन दिने काठमाडौंका तत्कालिन सिडिओ छविलाल रिजाल तथा भिजिट भिसा प्रकरणमा छानविनमा रहेका तिर्थराज भट्टराई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ।
त्यस्तै, अन्य पाँच सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । रुद्रसिंह तामाङको उर्जा मन्त्रालय, शम्भु मरासिनीको उद्योग मन्त्रालय, गजेन्द्र ठाकुरको अर्थ मन्त्रालय, जीवलाल भुषालको कृषि मन्त्रालय तथा छवीन्द्र पराजुलीको सञ्चार मन्त्रालयमा सरुवा भएको छ। केही दिनअघिको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धि निर्णय गरेको हो।