Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सीटीईभीटीका १४ हजार उत्तरपुस्तिका जल्यो, ४ मंसिरदेखि पुनः परीक्षा

सीटीईभीटीका १४ हजार उत्तरपुस्तिका जल्यो, ४ मंसिरदेखि पुनः परीक्षा

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले जेनजी आन्दोलनका क्रममा विद्यार्थीका उत्तरपुस्तिका जलेर नष्ट भएपछि पुनः परीक्षा सञ्चालन गर्ने भएको छ ।

सीटीईभीटीका प्रवक्ता टैलेन्द्र आचार्यका अनुसार पुनः परीक्षा आगामी मंसिर ४ गतेदेखि सुरु हुनेछ ।

आन्दोलनका क्रममा कोसी प्रदेशको ५ परीक्षा केन्द्र र बागमती प्रदेशका १८ परीक्षा केन्द्रमा करिब १४ हजार ७ सय वटा उत्तरपुस्तिका जलेर पूर्ण रूपमा नष्ट भएका छन्।

प्रवक्ता आचार्यका भने ती उत्तरपुस्तिका प्रहरी कार्यालयमा सुरक्षाका लागि राखिएका थिए । तर जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी हुँदा ती उत्तरपुस्तिका समेत जलेर नष्ट भए ।

जलेका उत्तरपुस्तिकामध्ये डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका विद्यार्थीका परीक्षा पत्र रहेका परिषद्ले जनाएको छ।

परिषद्ले प्रभावित विद्यार्थीलाई पुनः परीक्षा मार्फत निष्पक्ष मूल्यांकन सुनिश्चित गरिने जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077