Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

माटो खन्ने क्रममा ढिस्कोमा पुरिँदा १ जनाको मृत्यु, २ गम्भीर घाइते

माटो खन्ने क्रममा ढिस्कोमा पुरिँदा १ जनाको मृत्यु, २ गम्भीर घाइते

शनिवार , आश्विन २५, २०८२

बारा।  बारामा घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोमा पुरिँदा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–५ निवासी ६५ वर्षीया शरदा देवी रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घटनामा परी भने दुई जना गम्भीर र अन्य १० जना सामान्य घाइते भएका छन्। उनीहरू आज बिहान माटो खन्न गएका थिए।

घाइतेहरूको नाम खुल्न सकेको छैन। उनीहरूलाई उपचारका लागि प्रदेशिक अस्पताल कलैया लगिएको छ।

घटनापछि तत्काल सशस्त्र प्रहरी र जनपथ प्रहरीले घाइतेहरूको उद्धार गरेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077