Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कांग्रेसको विशेष महाधिवेशनका लागि आज प्रस्ताव दर्ता हुँदै

कांग्रेसको विशेष महाधिवेशनका लागि आज प्रस्ताव दर्ता हुँदै

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका निम्ति हस्ताक्षरसहितको प्रस्ताव दर्ता आज हुँदैछ । प्रस्ताव दर्ता गर्ने म्याद आज बिहान १० बजेसम्मका लागि थपिएको हो ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा देशभरबाट संकलित हस्ताक्षर ५१ प्रतिशत पुगेको दाबी गरिएको छ । यही असोज २४ गते नै विशेष महाधिवेशनको प्रस्ताव दर्ता गर्ने भनिएको थियो ।

तर, ढिलो भएपछि आज प्रस्ताव दर्ताको तयारी भएको छ । दुई हजार ४०० भन्दा बढी प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको प्रस्ताव दर्ता गरिने छ ।

गएको भदौ २४ गते ‘जेनजी’को प्रदर्शनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा घरमै आन्दोलनकारीको निसानामा परेका थिए । आन्दोलनकारी घरमा जबरजस्ती पसेर कुटपिट गरेका थिए ।

त्यसै दिन महामन्त्री थापासहित ३६ केन्द्रीय, ९५ स्थानीय नेताका घरमा समेत तोडफोड, आगजनी र लुटपाट गरिएको थियो ।
यो घटनासँगै महामन्त्रीद्वयले कांग्रेसमा नेतृत्व परिवर्तनको बहस सुरु गरेका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077