Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

बालुवाटारमा कांग्रेस संस्थापन–विशेष महाधिवेशन पक्षबीच वार्ता

बालुवाटारमा कांग्रेस संस्थापन–विशेष महाधिवेशन पक्षबीच वार्ता

मंगलवार , पौष २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहबिच विवाद समाधानका लागि वार्ता जारी छ । पार्टीभित्र चर्किएको आन्तरिक विवादलाई निकास दिन बालुवाटारमा दुई समूहबिच संवाद भइरहेको हो ।

जारी विवाद समाधानका उद्देश्यले विशेष महाधिवेशन अघि बढाइरहेका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पहलमा दुवै पक्षबाट वार्ता समिति गठन गरिएको थियो। वार्ताबाट सहमति खोज्ने प्रयास भइरहेका बेला कांग्रेसको आन्तरिक राजनीतिले निर्णायक मोड लिएको छ।

विशेष महाधिवेशन पक्षधरबाट केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य, नेता गुरुराज घिमिरे र देवराज चालिसे वार्ता समितिमा सहभागी छन्।

यस्तै, संस्थापन पक्ष तथा नेता शेखर कोइरालाको तर्फबाट बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डा. मिनेन्द्र रिजाल वार्ता समितिमा छन्।

विशेष महाधिवेशनको वैधता, नेतृत्व चयन प्रक्रिया र पार्टी एकताको विषयमा केन्द्रित रहेर वार्ता भइरहेको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077