Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पूर्वडीआईजी कृष्ण रानालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

पूर्वडीआईजी कृष्ण रानालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं । नेपाल प्रहरीको ७०औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) कृष्णबहादुर रानालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रर्दान गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा गृहमन्त्री ओमप्रकाश अर्यालले रानालाई अचिभमेन्ट अवार्डबाट सम्मान गरेका हुन् ।

गृहमन्त्री अर्यालले रानाबाहेक अन्य अमर प्रहरीका परिवारलाई कदर पत्रसहित सम्मान गरेका छन् ।

काठमाडौंको महाराजगन्जमा बस्दै आएका उनले प्रहरी सेवामा रहँदा चुनौतीपूर्ण काम कुशलतापूर्वक सम्पन्न गरेको प्रहरी प्रधान कार्यालयको विश्लेषण छ ।

उनले पाटन क्याम्पसबाट स्नातक तह पुरा गरेका थिए । २०६३ साउनमा डीआईजी पदमा बढुवा भएका रानाले प्रहरी सेवा पदक र विख्यात त्रिशक्तिपट्ट सहितका पदक प्राप्त गरेका थिए ।

२०३५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका रानाले २०६५ असोजमा अनिवार्य अवकाश पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077