Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

जेनजी आन्दोलनमा बर्दी खोल्न लगाई प्रहरीमाथि आक्रमण गर्ने व्यक्ति पक्राउ

जेनजी आन्दोलनमा बर्दी खोल्न लगाई प्रहरीमाथि आक्रमण गर्ने व्यक्ति पक्राउ

आइतवार , कार्तिक २, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण तथा सार्वजनिक सम्पत्तिमा तोडफोड गर्ने आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखा घर भई हाल काठमाडौं महानगरपालिका–३२, जडीबुटी बस्ने ४८ वर्षीय गौतम घिसिङरहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार जारी गरेको विज्ञप्तिमा घिसिङ भदौ २४ गतेको प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा आगजनी तथा प्रहरी टोलीमाथि आक्रमणमा संलग्न रहेको उल्लेख छ।

साथै उनले कर्तव्य पालनमा खटिएका प्रहरी कर्मचारीको बर्दी खोल्न लगाई वाग्मती खोलामा सांघातिक आक्रमण गर्ने, र प्रहरीको हतियार तथा गोलीगठ्ठा लुट्ने कार्यमा समेत संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि पहिचान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, पक्राउ परेका घिसिङमाथि ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव गर्न नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट आठ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।

प्रहरीले हालैका दिनमा जेनजी आन्दोलनका नाममा हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूलाई क्रमिक रूपमा पक्राउ गरी कानूनी कारबाही अगाडि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077