Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजस्व संकलनमा धक्का, ७८ प्रतिशत मात्र संकलन !

राजस्व संकलनमा धक्का, ७८ प्रतिशत मात्र संकलन !

सोमवार , कार्तिक ३, २०८२

काठमाडौं । नेपाल सरकारले चालू आर्थिक वर्ष २०८२–८३ को पहिलो तीन महिनामा गत वर्षभन्दा कम राजस्व संकलन गरेको छ । गत वर्ष २ खर्ब ५३ अर्ब १ करोड ३४ लाख रुपैयाँ राजस्व संकलन भएकामा चालू आवमा २ खर्ब ५१ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

अर्थ मन्त्रालयका चालू आवको पहिलो त्रैमासमा जम्मा संकलन वार्षिक लक्ष्यको ७८ दशमलव १२ प्रतिशत मात्र भएको छ । सरकारले चालू आवको पहिलो त्रैमासमा ३ खर्ब २१ अर्ब ५३ करोड ३० लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो ।

तर, त्यो लक्ष्यभन्दा ७० अर्ब ३५ करोड कम राजस्व मात्रै संकलन भएको छ । असोज महिनामा मात्रै ९२ अर्ब ४६ करोड ८९ लाख रुपैयाँ संकलन भएको तथ्यांक अर्थ मन्त्रालयको रहेको छ ।

अर्थ मन्त्रालयले असोज महिनामा मात्रै १ खर्ब ३ अर्ब ७ करोड ४३ लाख राजस्व उठाउने लक्ष्य राखेको थियो । तर, सो अवधिमा जम्मा ९२ अर्ब ४७ करोड रुपैयाँ मात्र संकलन भएको छ, जुन लक्ष्यको ८९ दशमलव ७१ प्रतिशत हो । ३१ असोजको दिनमा मात्रै देशभरबाट ८ अर्ब ६ करोड रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ । राजधानी दैनिकबाट

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077