Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

काठमाडौंको सानोभर्‍याङबाट ७० लाख बरामद, सुन पनि फेला

काठमाडौंको सानोभर्‍याङबाट ७० लाख बरामद, सुन पनि फेला

बिहिवार , कार्तिक ६, २०८२

काठमाडौं । राजधानीको सानोभर्‍याङस्थित एक घरमा प्रहरीले ठूलो परिमाणमा अवैध नगद र सुनजस्तो देखिने धातु बरामद गरेको छ।

स्रोत नखुलेको पैसा र बिलरहित सुन बरामद भएपछि प्रहरीको अनुसन्धान तीव्र पारिएको छ।

प्रहरी वृत्त स्वयम्भूका अनुसार चिनियाँ नागरिक ३८ वर्षीय यिनहोल र धादिङ नीलकण्ठ नगरपालिका–स्थित २२ वर्षीया रेजिना सुनार बस्ने कोठाबाट उक्त सामग्री बरामद गरिएको हो।

प्रहरीले सुटकेस र सोफामुनी लुकाइराखिएको अवस्थामा ६९ लाख ८५ हजार रुपैयाँ नगद फेला पारेको जनाएको छ।

त्यसैगरी, प्रहरीले सुनजस्तो देखिने पहेंलो धातुका विभिन्न गरगहना समेत बरामद गरेको छ। तीमध्ये नेकलेस दुई थान, झुम्का दुई थान, बाला चार थान, औंठी तीन थान, नथी एक थान, शीरबन्दी एक थान रहेका छन्। साथै, चार थान आईफोन, एक म्याकबुक, एक मोबाइल फोनबा.प्र. ०१–०३१ प ५२६२ नम्बरको बीवाईडी कार समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले थप अनुसन्धानका लागि रेजिना सुनारको नागरिकता र यिनहोलको राहदानी समेत नियन्त्रणमा लिएको छ।

सोही घरमा बस्दै आएका चारजना अन्य महिलालाई पनि सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी वृत्त स्वयम्भूका प्रमुखले बताएका छन्।

प्रहरीका अनुसार बरामद भएको रकम र सुनजस्तो धातुको स्रोतबारे प्रारम्भिक अनुसन्धान भइरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077