Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

जात्रा हेर्न भन्दै दैलेखबाट जाजरकोट पुर्‍याएर साथीको हत्या, ६ जना पक्राउ

जात्रा हेर्न भन्दै दैलेखबाट जाजरकोट पुर्‍याएर साथीको हत्या, ६ जना पक्राउ

सोमवार , कार्तिक १०, २०८२

सुर्खेत । जाजरकोटमा जात्रा हेर्न पुगेका दैलेखका एक युवकको हत्या भएको छ । जाजरकोटको जुनीचाँदे गाउँपालिका—८ पंक भन्ने ठाउँमा जात्रा हेर्न पुगेका दैलेख नौमुले गाउँपालिका—४, उत्तिसेनीका ३९ वर्षीय लाल बहादुर पुन मगरको हत्या भएको हो ।

हत्यामा संलग्नहरू पनि नौमुलेकै रहेको जाजरकोट प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा दैलेख नौमुले गाउँपालिका—४, कै भित्रिखोलाका २९ वर्षीय पदम बहादुर रोका मगर, २८ वर्षीय नर बहादुर गुरुङ, २८ वर्षीय वीरेन्द्र रोका मगर, ३२ वर्षीय तिलक घर्ती मगर, २९ वर्षीय लक्ष्मण सुनार र २८ वर्षीय कमल रानामगर रहेका छन् ।

जाजरकोट प्रहरीका अनुसार, कात्तिक ३ गते साँझदेखि जुनीचाँदे गाउँपालिकाको पंकस्थित दलसरा रावतको बारीमा मेला लागिरहेको थियो । सोही क्रममा ४ गते बिहान करिब ३ बजे लाल बहादुरलाई कुटपिट गरी गम्भीर घाइते बनाइएको थियो ।

घाइते अवस्थामा उनलाई उनका साथीहरू विवेक बुढा मगर र वीर बहादुर घर्ती मगरले घटनास्थलबाट आफ्नो घरमा लगेका थिए ।

५ गते पुन मगर आफ्ना साथीहरूसँग घर जाने भन्दै सोही ठाउँको पंक गाउँमा रहेको दलवीर रावतको घरमा पुगेका थिए । सोही रात भान्छा कोठामा सुतेका पुन मगर कात्तिक ६ गते बिहान मृत अवस्थामा फेला परेका थिए ।

घटनालगत्तै हत्यामा संलग्न व्यक्तिहरू फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय जाजरकोट र जिल्ला प्रहरी कार्यालय दैलेखको समन्वयमा कात्तिक ७ गते विभिन्न स्थानबाट फरार रहेका व्यक्तिहरूलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077