Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तिलिचो वेश क्याम्पबाट ७५० जनाको उद्धार

तिलिचो वेश क्याम्पबाट ७५० जनाको उद्धार

मंगलवार , कार्तिक ११, २०८२

काठमाडौं । हिमपातबाट अलपत्र परेका ७५० जनाको तिलिचो वेश क्याम्पबाट उद्धार गरिएको छ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले हिमाली जिल्लामा हिमपातमा फसेका व्यक्तिको उद्धार गरेका हुन्। 

गएरातिदेखि परेको हिउँका कारण मनाङको तिलिचो वेश क्याम्पमा अलपत्र सात सय ५० जनालाई उद्धार गरी डिस्याङ गाउँपालिका–९ स्थित खाङसार ल्याएको सशस्त्र प्रहरी बलले जनाएको छ। 

अन्य ५० जनालाई तिलिचो वेश क्याम्पमा सुरक्षित साथ राखिएको छ। मनाङ घुम्न गएका पर्यटकलाई खाङसारमा बसोबासको समस्या भएपछि सुरक्षित साथ फर्कने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077