Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पाथीभरा क्षेत्रमा पुनः हिमपात

पाथीभरा क्षेत्रमा पुनः हिमपात

शनिवार , चैत्र ७, २०८२

ताप्लेजुङ । पूर्वी हिमाली जिल्ला ताप्लेजुङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाथीभरा क्षेत्रमा पुनः हिमपात भएको छ।

यस वर्ष मात्रै यहाँ नवौँ पटक हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका कर्मचारी राजेन्द्र महतका अनुसार यसपटकको हिमपात अघिल्ला पटकको तुलनामा बढी बाक्लो भएको छ।

चैतको पहिलो सातामै परेको हिउँले पाथीभरा क्षेत्र यतिबेला सेताम्मे बनेको छ, जसले पर्यटक तथा दर्शनार्थीलाई विशेष आकर्षण थपेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077