काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । बिहानैबाट वर्षा सुरु भएको छ ।
पाँचवटा प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । देशभर साधारणतया बदली रहँदा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । कर्णाली, वाग्मती र कोसी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी प्रदेशका केही स्थाना, कोसी, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ ।
वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भारी हिमपात र वर्षाको पनि सम्भावना रहेको छ ।