Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस नेता आलमको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार

कांग्रेस नेता आलमको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार

बुधवार , कार्तिक १२, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता अफताब आलमको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । मुटुमा समस्या देखिएपछि मंगलबार उनलाई काठमाडौँ मेडिकल कलेजमा भर्ना गरिएको हो । अस्पताल स्रोतका अनुसार आलम हाल भेन्टिलेटरमा छन् ।

उच्च अदालत वीरगञ्जले गत जेठमा ज्यान मुद्दामा सफाइ दिएपछि कारागारमुक्त भएका आलम केही समयदेखि स्वास्थ्य समस्याबाट पीडित थिए ।

नक्खु कारागारबाट छुटे लगत्तै उनलाई ब्रेन स्ट्रोक भएको थियो र त्यसबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गरिएको थियो ।

अहिले पुनः स्वास्थ्य समस्या गम्भीर बनेपछि उनलाई आपतकालीन रूपमा अस्पताल भर्ना गरिएको हो । चिकित्सकहरूले आलमको मुटु, मिर्गौला र मस्तिष्कसम्बन्धी समस्या एकसाथ देखिएको र उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताएका छन् ।

रौतहट क्षेत्रका प्रभावशाली नेता आलममाथि २०६४ सालको निर्वाचनको तयारीकै क्रममा बम विस्फोटमा घाइते भएका व्यक्तिहरूलाई जिउँदै इट्टाभट्टामा जलाएको गम्भीर अभियोग लागेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077