Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पूर्वमन्त्री आफताव आलमको निधन

पूर्वमन्त्री आफताव आलमको निधन

शनिवार , कार्तिक २२, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार राति करिब ३ बजे काठमाडौं मेडिकल कलेजमा उनको मृत्यु भएको हो ।

आलमको शव अन्तिम दाहसंस्कारका लागि परिवारले रौतहटको राजपुरतर्फ लगिसकिएको बताइएको छ । पछिल्लो समय उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो । गत जेठमा नक्खु कारागारबाट छुटे लगत्तै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो।

०६४ सालको निर्वाचनको तयारी गरिरहँदा बम विस्फोट भएका घाइतेलाई जिउँदै इट्टाभट्टामा जलाएको आरोप आलममाथि थियो। उक्त अभियोगमा जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।

तर उक्त फैसला उच्च अदालतले उल्ट्याउँदै आलमसहित सबै प्रतिवादीहरुलाई सफाइ दिएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077