Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

जनार्दन शर्माको शैली राम्रो भएन, नेतृत्वविरुद्ध लगाएको आरोप अराजक : प्रचण्ड

जनार्दन शर्माको शैली राम्रो भएन, नेतृत्वविरुद्ध लगाएको आरोप अराजक : प्रचण्ड

शनिवार , कार्तिक १५, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीचको पार्टी एकता एक साताभित्र औपचारिक रूपमा सम्पन्न हुने दाबी गरेका छन्।

शनिबार (कात्तिक १५) पेरिसडाँडामा बसेको माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले दुई दलबीच एकताको तयारी अन्तिम चरणमा पुगेको बताए।

'अब धेरै समय लाग्दैन, एक साताभित्र एकता घोषणाको चरणमा पुग्छौं,' प्रचण्डले भने।

एकताका विषयमा नेता जनार्दन शर्माले देखाएको असहमति सामान्य प्रक्रिया भएको बताउँदै उनले भने, 'केन्द्रीय कमिटी बैठकसम्म पुग्दा सबै विषय मिल्नेछ। नेताहरूबीच मतभिन्नता स्वाभाविक हो, तर अन्ततः हामी एउटै निष्कर्षमा पुग्नेछौं।'

बैठकको क्रममा नेता शर्माले आफ्नो धारणा राखेर बैठकबाट बाहिरिएको प्रसंगमा प्रचण्डले त्यस शैलीलाई अस्वीकार्य बताउँदै भने, 'बैठक सहज रूपमा चलिरहेको बेला बाहिरिनु अनुशासनहीन व्यवहार हो। पार्टीभित्र विचार विमर्शको ठाउँ खुला छ, तर अराजक शैली स्वीकार्य हुँदैन।'

प्रचण्डले एकीकृत समाजवादीसँगको एकतालाई “वाम पुनर्गठनको ऐतिहासिक कदम” का रूपमा व्याख्या गर्दै भने, 'जनताको अपेक्षा वाम एकतामा केन्द्रित छ। हामीले त्यो अपेक्षालाई अब व्यवहारमा रूपान्तरण गर्दैछौं।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077