काठमाडौं । ३६ उपसचिवसहित शाखा अधिकृत र नायव शुब्बा गरेर ७३ जना कर्मचारीको सरुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबारको गरेको निर्णय अनुसार उनीहरुको सरुवा भएको हो।
३६ जना उपसचिवको सरुवा गर्दा ९ जना उपसचिवलाई विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
यस्तै, ५ जना उपसचिवलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीबाट सरुवा गरेर अन्यत्र पठाइएको छ ।