Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

५ वर्षका लागि जेल पठाइएका फ्रान्सका पूर्वराष्ट्रपति २० दिनमै रिहा

५ वर्षका लागि जेल पठाइएका फ्रान्सका पूर्वराष्ट्रपति २० दिनमै रिहा

मंगलवार , कार्तिक २५, २०८२

एजेन्सी । फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजी सोमबार जेलबाट रिहा भएका छन् । सार्कोजी स्थानीय समयअनुसार सोमबार अपराह्न ३ बजे पेरिसको ला सान्टे कारागारबाट रिहा भएका हुन् । उनले २० दिनको जेल बसाइलाई ‘दुःस्वप्न’ भनेका थिए ।

७० वर्षीय पूर्व राष्ट्रपतिले आफूमाथि लागेका आरोपमा कुनै सत्यता नभएको र यसबारे आफू अनभिज्ञ नै रहेको सुनुवाइका क्रममा बताएका थिए।

उनी जेलबाट छुटेपछि उनलाई रङ्गीन झ्याल भएको कारमा निवासतर्फ लगिएको थियो भने प्रहरीले मोटरसाइकलमार्फत सुरक्षा दिएको थियो। पत्नी कार्ला ब्रुनीसँगै उनी पश्चिमी पेरिसस्थित घर फर्किएका थिए।

सन् २००७ देखि २०१२ सम्म राष्ट्रप्रमुख रहेका दक्षिणपन्थी राजनीतिज्ञलाई गत सेप्टेम्बरमा तल्लो अदालतले मोअम्मर गद्दाफीको लिबियाबाट चुनावी अभियानका लागि रकम प्राप्त गर्न खोजेको आरोपमा दोषी ठहर गरेको थियो। यसमा पाँच वर्षको कैद र प्रतिबन्ध समेत तोकिएको थियो।

उनी अक्टोबर २१ मा जेल परेका थिए। उनका वकिलहरूले द्रुत रिहाइको माग गर्दै निवेदन दिएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077