काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले निर्देशित कर्जाको सीमा तल झार्नुपर्ने आफू सकारात्मक रहेको बताएका छन्।
शुक्रबार बैंक तथा वित्तीय संस्था परिषद् परिश्रम नेपाल (सिबीफिन) को छैठौँ वार्षिक साधारण सभा सम्बोधन गर्दै गभर्नर पौडेलले निर्देशित कर्जाको सीमा तल झार्नुपर्ने जन आवाजलाई आफूले सकारात्मक रुपमा लिएको बताएका हुन्।
उनले भने- 'निर्देशित कर्जाको सीमामा पुनर्विचार गर्नमा म सकारात्मक छु।'
बैंकहरूलाई निर्देशित कर्जाको सीमा २०८५ असारसम्म ०५ पुर्याउन भनिएको छ । कृषि र (एसएममै) १५/१५ प्रतिशत तथा ऊर्जामा १०५ कर्जा दिनुपर्ने व्यवस्था रहेमा राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत नै अध्ययन गरी पुनरावलोकन गरिने बताएको थियो।
साथै गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरूका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई व्यवसायमा लगानी बढाउन समेत आग्रह गरे। उनले बैंक भनेको व्यवसाय नै रहेकाले बिजनेसमा इन्भेस्ट गर्नुपर्नेमा जोड दिए। उनकाअनुसार नयाँ उद्यमीहरू खोज्न अब चासो दिनुपर्छ। लगानीबिना आर्थिक समृद्धि हासिल नहुने भएकाले राष्ट्रिय अर्थतन्त्रलाई बल पुग्ने गरी लगानी बढाउनुपर्छ।
देशको ग्रोथ नभई कसैको पनि उन्नती नहुने भन्दै पौडेलले इकोनोमी ग्रोथका लागि सबै लाग्नुपर्नेमा जोड दिए। पछिल्लो समय उदाइरहेको आईटी क्षेत्रमा लगानी गर्न समेत पौडेलले बैंकहरूलाई आग्रह गरे।