Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कार्बन उत्सर्जन घटाएबापत नेपाललाई १ अर्ब १९ करोड अनुदान

कार्बन उत्सर्जन घटाएबापत नेपाललाई १ अर्ब १९ करोड अनुदान

आइतवार , कार्तिक ३०, २०८२

काठमाडौं । नेपालले कार्बन उत्सर्जन घटाएबापत १ अर्ब १९ करोड प्राप्त गरेको छ ।

तराई आर्क क्षेत्रअन्तर्गतको ‘आरइडिडीप्लस’ उत्सर्जन कटौती कार्यक्रममार्फत करिब १८ लाख ८८ हजार टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सफल भएपछि नेपालले विश्वव्यापी वन कार्बन साझेदारी कोषबाट एक अर्ब १९ करोड प्राप्त प्राप्त गरेको हो ।

विश्व बैंकले जनाए अनुसार नेपालले १.८८ मिलियन टन कार्बन डाईअक्साईड घटाएबापत सो अनुदान पाउन लागेको हो ।

वल्र्ड बैंकको नेपालस्थित कार्यालयका अनुसार नेपालको तराईको क्षेत्रमा रहेको जंगलबाट ठूलो मात्रामा कार्बन उत्सर्जन गरे बापत आर्थिक सहयोग पाउँदै आएको छ । वन पैदावरको दीगो विकासको क्षेत्रमा सामुदायिक परियोजना अन्तर्गत नेपालले गरेको प्रगतिमा विश्व बैंकले उक्त अनुदान प्राप्त गरेको हो ।

विश्व बैंकले आज एक विज्ञप्ति जरी गरी उक्त रकम कोषअन्तर्गतको इमिसन रिडक्सन पेमेन्ट एग्रिमेन्ट (इआरपिए)अनुसार नेपालले पाएको पहिलो भुक्तानी भएको जनाएको छ ।

यसले वन विनाश रोक्ने, समावेशी तथा दिगो वन व्यवस्थापन प्रवर्द्धन गर्ने नेपालका प्रयास मुखरित भएको पनि विश्व बैंकले जनाएको छ ।

बैंकले यो उपलब्धिबाट नेपालले वन विनाश रोक्न, जैविक विविधता संरक्षण बढाउन र स्थानीय समुदायका लागि दिगो जीविकोपार्जनका अवसर विस्तार बल पुग्ने विश्वास व्यक्त गरेको छ ।

एफसिपिएफ परियोजना सरकार, सरोकारावाला निकाय, आदिबासी जनजाति, नागरिक समाज र निजि क्षेत्रलाई एक ठाउँमा उभ्याउने विश्व बैंकद्वारा सञ्चालित साझा परियोजना हो । यसले वनको विकास र पुनस्र्थापनामा कार्य गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077