Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

घरजग्गा कारोबार लगातार खस्कियो, राजस्व पनि घट्यो

घरजग्गा कारोबार लगातार खस्कियो, राजस्व पनि घट्यो

शुक्रवार , मंसिर ५, २०८२

काठमाडौं । देशभर घरजग्गाको कारोबार क्रमशः घट्दै गएको पाइएको छ । कारोबार घट्दै जाँदा राजस्व संकलनमा समेत ह्रास आएको छ।

कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा राजस्व संकलनको मात्रा क्रमशः ओरालो लागेको छ ।

सरकारले घरजग्गा कारोबारमा सहजीकरण गरेको भए पनि राजस्व संकलन अपेक्षित रूपमा बढ्न सकेको छैन। केही दिन पहिले मात्र सरकारले भूउपयोग ९तेस्रो संशोधन० नियमावली संशोधन गरेको छ।

गत कात्तिक महिनामा देशभरका मालपोत कार्यालयले रु दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार एक सय ९९ बराबरको राजस्व संकलन गरेको थियो।

गत असोजमा रु दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ बराबरको राजस्व संकलन भएको थियो। यस्तै, भदौमा रु तीन अर्ब १४ करोड सात लाख १६ हजार ३३५ बराबरको राजस्व संकलन भएको थियो।

गत साउनमा रु तीन अर्ब २८ करोड ९१ लाख ३ हजार २४२ बराबरको राजस्व संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ।

विभागका अनुसार गत कात्तिकमा सेवा करमार्फत रु २१ करोड ३४ लाख ४७ हजार ४१३, रजिस्ट्रेसन दस्तुर रु एक अर्ब ५० करोड ६२ लाख ९६ हजार १४ र पुँजीगत लाभकरमार्फत रु ९९ करोड ७८ लाख ४ हजार ३९२ संकलन गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077