Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

खानेपानी संस्थाको चुनावमा स्वतन्त्रले लगाए चार दलीय गठबन्धनलाई पाखा

खानेपानी संस्थाको चुनावमा स्वतन्त्रले लगाए चार दलीय गठबन्धनलाई पाखा

शुक्रवार , मंसिर ५, २०८२

अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कस्थित सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाइ नगर आयोजना उपभोक्ता मूल संस्थाको नेतृत्वमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

संस्थाको छैटौँ अधिवेशनअन्तर्गत भएको निर्वाचनमा चार दलीय गठबन्धन—नेपाली कांग्रेस, एमाले, नेकपा र राष्ट्रिय जनमोर्चा—द्वारा समर्थित साझा उम्मेदवार युवराज खत्रीलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार बाबुराम भुसाल विजयी भएका हुन्।

बिहीबार अबेर सार्वजनिक परिणामअनुसार भुसालले ५६३ मत पाए भने खत्रीले ४४३ मत मा सिमित रहे।
साधारण सदस्यका रूपमा १,७३१ उपभोक्ता रहेको संस्थामा बुधबार भएको मतदानमा १,१६८ मत खसेको थियो। खत्री कांग्रेसका स्थानीय कार्यकर्ता हुन्।

चार दलका नगरस्तरीय नेताहरूले ९ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा समितिमा भागबन्डा मिलाएर संयुक्त रूपमा खत्रीलाई जिताउन विज्ञप्ति समेत निकालेका थिए।

भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टी, जेनजी समूह तथा स्वतन्त्र उपभोक्ताहरूले खुला समर्थन गरेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077