काठमाडौँ । सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ सडक अवरुद्ध भएको छ ।
वीरगञ्जबाट काठमाडौँतर्फ औषधि लोड लिई जाँदै गरेको ना३ख ३१९२ नम्बरको ट्रक मकवानपुरको भीमफेदी गाउँपालिका-८ बगुवास्थित सडकमा ब्रेक फेल भई अनियन्त्रित भएर पल्टिँदा सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा हेटौँडाबाट काठमाडौँ गुडेको र काठमाडौँबाट हेटौँडा आउँदै गरेका सवारीसाधन बाटोमै रोकिएका छन् ।
दुर्घटनास्थलबाट ट्रक हटाएर बाटो सहज गराउने पहल भइरहेको प्रहरीले जनाएको छ ।