हेटौँडा । शुक्रबार अपराह्न भएको वर्षापछि आएको पहिरोले कान्ति लोकपथ अवरुद्ध भएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका-८ मा पहिरो खस्दा शुक्रबार साँझ करिब ५ बजेदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरो गएपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सो स्थानमा इलाका प्रहरी कार्यालय ठिंगनबाट टोली खटाइएको छ । सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
स्थानीय तह तथा डिभिजन सडक कार्यालयसँग समन्वय गरी अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।