Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पश्चिमी वायुको प्रभाव हट्यो, यस्तो छ आजको मौसम पूर्वानुमान

पश्चिमी वायुको प्रभाव हट्यो, यस्तो छ आजको मौसम पूर्वानुमान

आइतवार , मंसिर ७, २०८२

काठमाडौं । देशको मौसममा पश्चिमी वायुको प्रभाव हटेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यसअघि गत शुक्रबार बिहानदेखि हिजो शनिबार बिहानसम्म नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव थियो ।

अहिले भने मुलुकमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान ८ बजे दिएको जानकारीअनुसार आज दिउँसो कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

यस्तै आज राति कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077