Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

महेश बस्नेतमाथि मसी छ्याप्ने गौतम र कुँवरलाई नेविसंघले नै कारबाही गर्ने

महेश बस्नेतमाथि मसी छ्याप्ने गौतम र कुँवरलाई नेविसंघले नै कारबाही गर्ने

आइतवार , मंसिर ७, २०८२

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत सवार गाडिमा आक्रमणको प्रयास गर्ने नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्तामाथि नेविसंघले नै कारबाही गर्ने भएको छ ।

नेविसंघका सभापति दुजाङ शेर्पाले विराटनगरमा एमाले नेता बस्नेतमाथि आक्रमण गरेर संगठनको नाम दुरुपयोग गर्नेमाथि कडा कारबाही गरिने प्रष्ट पारेका हुन् ।

बस्नेतको गाडीमा रातो मसी छ्याप्ने सन्जोग गौतम र अर्पित कुँवर महेन्द्र मोरङ क्याम्पसका नेविसंघका नेताहरू हुन् ।

संगठनको नाम दुरुपयोग गर्नेहरूलाई कडा कारबाही गरिने भन्दै शेर्पाले बस्नेतमाथि मसी छ्याप्ने कायरता नेविसंघको नभएको समेत वक्तव्यमार्फत प्रष्ट पारेका छन् ।

वक्तव्यमा शेर्पाले भनेका छन्–‘नेकपा एमाले र अखिलसँग हाम्रो सयौँ विमतिहरू छन् । लोकतन्त्रमा विरोध सबैको अधिकार हो तर आज विराटनगरमा महेश बस्नेतमाथि रातो मसी छ्याप्ने कायरता नेविसंघको होइन। संगठनको नाम दुरुपयोग गर्नेहरूलाई कडा कारबाही गरिन्छ ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077