Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

युएइले खोल्यो भिजा, प्रहरी रिपोर्ट अनिवार्य

युएइले खोल्यो भिजा, प्रहरी रिपोर्ट अनिवार्य

बुधवार , मंसिर १०, २०८२

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएइ) ले भिजिट र श्रम भिजा खुल्ला गरेको छ ।

युएइले भदौ २३ र २४ गतेको जिनजी आन्दोलनपछि सुरक्षाको कारण देखाएर भिजिट र श्रम भिजा बन्द गरेको थियो ।

अहिले भने सबै प्रकारका भिजा खुल्ला गरिएको काठमाडौंस्थित युएई दूतावासले जानकारी दिएको छ।

योसंगै अब नेपाली नागरिकले युएइ जानका लागी आवेदन दिँदा नेपाल प्रहरीले जारी गरेको रिपोर्ट अनिवार्य गरिएको छ।

युएइले भिजिट र श्रम भिजामा युएई जाने नेपाली नागरिकका लागि प्रहरी रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने नियम लागु गरेको दूतावासले जनाएको छ।

युएइले भिजा बन्द गरेपछि वर्क पर्मिट जारी गरिएको झण्डै ५ हजार नेपाली श्रमिक रोकिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077