Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रधानमन्त्री सचिवालय २० बाट घटाएर ६ सदस्यमा सीमित

प्रधानमन्त्री सचिवालय २० बाट घटाएर ६ सदस्यमा सीमित

बुधवार , मंसिर १०, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको संरचना व्यापक रूपमा पुनर्संरचना गर्ने निर्णय गरेकी छन्।

जेनजी युवाहरूले उठाउँदै आएका मागअनुसार सरकारी संरचना चुस्त–दुरुस्त र खर्चमैत्री बनाउन उद्देश्यसहित सचिवालयको संख्या उल्लेखनीय रूपमा घटाइने भएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हाल २० सदस्यीय रहेको प्रधानमन्त्री सचिवालयलाई अब ६ सदस्यमा झार्ने निर्णय गरिएको छ।

नयाँ संरचनामा मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक, फोटोग्राफर र जनस्वास्थ्य विज्ञ मात्र रहनेछन्।

यसअघि रहेका अन्य सबै पद खारेज गरिने कार्यालयले जनाएको छ। सो निर्णय मंसिर ११ गतेदेखि लागू हुने छ।

सरकारका उच्च स्रोतका अनुसार संरचना छोट्याउने यो कदम युवा पुस्ताद्वारा माग गरिएको "सानो, सरल र प्रभावकारी सरकार" निर्माण गर्ने दिशामा महत्वपूर्ण मोडको रूपमा हेरिएको छ।

प्रधानमन्त्री कार्कीले "अनावश्यक खर्च कटौती र कार्यकारी नेतृत्वको क्षमता वृद्धि" आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै अघि बढाइएको यो कदम जनअपेक्षासँग मेल खाने प्रयास भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077