काठमाडौँ । हाल देशभर उल्लेखनीय कुनै मौसम प्रणालीको प्रभाव छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ।
बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो देशभर आंशिक बदली रहनेछ। राति पनि लगभग यही अवस्था रहनेछ ।
सोमबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।