काठमाडौं । नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका मेटा लगायतका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्ने बताएका छन्।
सोमवार काठमाडौंमा आयोजित प्रेस चौतारी नेपालको बोल्दै पूर्वमन्त्री समेत रहेका गुरुङले सो कुरा बताएका हुन् ।
पूर्वसञ्चारमन्त्री समेत रहेका गुरुङले नेपालमा व्यावसाय गर्ने सबैले नेपालको कानून मान्नुपर्ने बताउँदै भने- 'राष्ट्रिय स्वाधिनतको हिसाबले नेपालमा ,व्यवसाय गर्न आउने सबैले नेपालमा दर्ता हुनुपर्छ कि पर्दैन ? नेपालको संविधान मान्छ पर्छ कि पर्दैन ? नेपालको कानून मान्नपर्छ कि पर्दैन ? उनीहरु नेपालको संविधान मान्दिन भन्छ, नेपालको कानुन मान्दिन भन्छ, बन्दै गरेको कानुनको पनि डिफेम गर्छ । तेरो देशको सरकार गरिब सरकार, सानो देश, भ्रष्टाचार हुने देश । हाम्रो आफ्नो स्वाधिनता छैन ? हाम्रो आफ्नो स्वाभिमान छैन ? त्यसकारण यो आज परिस्थितिले गर्दा मैले खोल्नुपर्यो, कुनै न कुनै दिन फेरि यो बन्द गर्नुपर्छ ।'
नेपालमा साना व्यवसाय गर्ने कम्पनी दर्ता गर्नुपर्ने तर अर्बौंको कारोबार गर्ने सामाजिक सञ्जाल दर्ता नहुने भन्ने नहुने उनले बताए। उनले आफूले दर्ता गर्नको लागि १३ महिनाको समय दिए पनि ती कम्पनीले नेपाल सानो देश भनेर हेपेको उल्लेख गरे।
गुरुङ सञ्चारमन्त्री भएको बेलामा नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरु बन्द गरिएको थियो । तर जेनजी आन्दोलनका कारण फेरि ती सञ्जालहरु खुला भएका थिए । उपमहासचिव गुरुङले विशेष परिस्थितका कारण नियमनमा नरहेका सामाजिक सञ्जालहरुलाई हाल खुला गरेपनि कुनै नै कुनै दिन अवश्य बन्द हुने दाबी गरे ।