काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र यादव चयन भएका छन् ।
कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सह–महामन्त्री यादवलाई सदस्यता केन्द्रीय छानबिन समितिको संयोजक मनोनित गरेका हुन् ।
त्यस्तै, क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको सदस्यमा शिवप्रसाद हुमागाँइ, प्राडा गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी र शान्ति परियार विकलाई मनोनित गरिएको छ ।
समितिले १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता (नयाँ र नवीकरण) को सूची र प्रतिवेदन समयभित्र अध्ययन गरी क्रियाशील सदस्यता सम्बन्धी आएका उजुरी उपर छानबिन गरी तोकिएको समयभित्र क्रियाशील सदस्यता (नयाँ र नवीकरण) को अन्तिम सूची तयार गर्नेछ।