Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

यस्तो बन्यो भक्तपुरको सल्लाघारीमा एमाले महाधिवेशन उद्घाटन स्थल

यस्तो बन्यो भक्तपुरको सल्लाघारीमा एमाले महाधिवेशन उद्घाटन स्थल

शुक्रवार , मंसिर २६, २०८२

काठमाडौं । भोलीबाट सुरु हुने नेकपा एमालेको एघारौं महाधिवेशनका लागि भक्तपुरको सल्लाघारीस्थित तीनकुने चौरमा उद्घाटन स्थल तयार भएको छ ।

पार्टीले महाधिवेशनस्थलमा स्टेज बनाउने काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

महाधिवेशननैपिच्छे फरक–फरक उद्घाटन स्थल बनाउँदै आएको एमालेले यसपटक काठमाडौं उपत्यका मात्रै नभई देशभरका विभिन्न कला संस्कृति झल्कने गरी स्टेज तयारर बनाएको छ ।

पोलिटब्यूरो सदस्य विनोद श्रेष्ठले स्टेज व्यवस्थापनको कामको नेतृत्व गरिरहेको बताइएको छ । एमालेको यस पटकको यो महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।

वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनावी मैदानमा छन् । तर, अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने ओलीको पल्लाभारी देखिन्छ ।

च्यासलमा बढ्यो चहलपहल
नेकपा एमालेको मुख्यालय च्यासलमा चहलपहल बढेको छ । ११औं महाधिवेशनको पूर्वसन्ध्यामा देशभरिबाट आएका प्रतिनिधिहरू च्यासलमा भेला भएका कारण चहलपहल बढेको हो ।

महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेसँगै दुवै पक्षका शीर्ष तहका नेताहरू पनि च्यासल पुगेका छन् ।

प्रतिनिधिहरूसँग भेटघाट गर्ने, सामूहिक तस्वीर खिच्ने, सेल्फी हान्ने लगायतका गतिविधिसँगै आ(आफ्नो पक्षमा पार्न नेता तथा कार्यकर्ताहरू सक्रिय छन् ।

थापागाउँदेखि च्यासलसम्म इतर पक्षको ‘रेड मार्च’
भोलीबाट हुने महाधिवेशनको पूर्वसन्ध्यामा थापागाउँस्थित मदन भण्डारी फाउन्डेशनको सम्पर्क कार्यालयमा पोखरेल पक्षका नेता कार्यकर्ताहरू आफ्ना रणनीति बनाइरहेका छन् ।

उता, भक्तपुरको गुन्डुस्थित अध्यक्ष ओली निवासमा संस्थापन पक्षका नेताहरूको जमघट देखिन्छ । पार्टी कार्यालय च्यासलमा भने दुवै पक्षका नेताहरू प्रतिनिधिहरू फकाउन ब्यस्त छन् ।

यसैबीच, इतर पक्षका युवाहरू थापागाउँबाट ‘रेड मार्च’ गर्दै च्यासल पुग्दैछ । अहिले उनीहरू थापागाउँबाट रातो क्याप लगाएर रेड मार्च गर्दै च्यासल गइरहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077