काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले सरकार निर्वाचन गराउनेतिर नभई मन्त्रीमण्डल विस्तारमा केन्द्रित भएको आरोप लगाएका छन् ।
सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै उहाँले सरकारको ध्यान निर्वाचन गराउनेतिर नभएको आरोप लगाएका हुन्।
सरकारले मन्त्री बनाउन भ्रष्ट्रहरु खोजेर हिँडेको उनले बताए । उनले वर्तमान सरकारमा केही मन्त्रीहरु भने काम गर्नेजस्ता देखिएको भएपनि सरकारको मुख्य काम निर्वाचनतर्फ भने कोही केन्द्रित नभएको उनले बताए ।
उनले भने- ‘सरकार चुनाव गराउने बाटोमा छैन । मन्त्रीमण्डल विस्तारमा केन्द्रित छ । ती पनि भ्रष्ट जो–जो छन्, तिनीहरुलाई मात्रै खोज्दै हिँडेको छ । भर्खरै मैले सुन्दै थिएँ, अब विवादित मान्छेहरु आएका छन् । केही मान्छेहरु काम गर्नेजस्ता पनि देखिएका छन् ।'
उनले कांग्रेसले आम निर्वाचनसँगै महाधिवेशनको समेत तयारी गरिरहेको जानकारी दिए